जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको दोस्रो त्रैमासमा नाफा घटे पनि प्रति सेयर आम्दानी २०.९७ रुपैयाँ

आइएमई जनरल इन्स्योरेन्सको दोस्रो त्रैमासमा नाफा घटे पनि प्रति सेयर आम्दानी २०.९७ रुपैयाँ

आइएमई जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा घटेको छ। इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२३ प्रतिशत घटेको हो।

अघिल्लो आर्थिक वर्षमा १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको आइएमई जनरलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड १३ लाख रुपैयाँ कमाएको छ।

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आइएमई जनरल इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सको बीमा कोषको आकार ५३ करोड ५ लाख रुपैयाँ छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको चुक्ता पुँजी ७ प्रतिशत, जगेडा कोष ५.३५ प्रतिशत र  बीमा कोषको आकार झन्डै २२ प्रतिशत वृद्धि भएको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३.४ प्रतिशत वृद्धि हुँदै ३७ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले २ हजार ५६१ वटा बीमालेखबापत ४२ करोड ८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ८ हजार ३७ वटा बीमालेखबापत एक अर्ब २० करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ।

2930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका