जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महालक्ष्मी लाईफले घोषणा गर्यो सर्बाधिक बोनस दर

महालक्ष्मी लाईफले घोषणा गर्यो सर्बाधिक बोनस दर

नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले  सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५०  देखि ५२  रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५० रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५  वर्ष अवधिको ५०  रुपैयाँ , १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१   रुपैयाँ र  २६ देखि ३०   वर्ष अवधिको बीमालेखका लागि ५२  रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी  जीवन हेरचार बीमालेखकालागि  ५ देखि १५  वर्ष अवधिको ८५  रुपैयाँ र १६  देखि २५  वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको  कम्पनीले जनाएको छ ।

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका