जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिजी ल्यान्डमार्कले लकडाउन अवधिभरको पुरै भाडा छुट दिने निर्णय

सिजी ल्यान्डमार्कले लकडाउन अवधिभरको पुरै भाडा छुट दिने निर्णय

चितवनमा रहेको सिजी ल्यान्डमार्कले लकडाउन अवधिभरको भाडा छुट दिने निर्णय गरेको छ। उद्योगी विनोद चौधरीको लगानी रहेको यो मलले चार महिनाको पूरै भाडा छुट दिने निर्णय गरेको हो।

चौधरीले लकडाउनको अवधिमा ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत दिन भाडा छुट दिने निर्णय भएको बताए। मल व्यवस्थापनको जिम्मेवारी लिएका विल्डिङ म्यानेजमेन्ट कम्पनी बिएमसीका संचालक राजेन्द्र अर्यालले भाडा छुटको निर्णय व्यवसायीलाई जानकारी दिए। मलमा व्यवसाय गरिरहेका विदुर पौडेलले भाडा छुटको निर्णयबाट व्यवसाय जोगाउन सहज भएको बताए।

‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो। यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘हामीले ठूलो राहत महसुस गरेका छौं। व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ।’ मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट उत्साहित भएको बताए।

‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ। यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुसरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ।’ मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन्।

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?