जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको नाफा ११ प्रतिशतले वृद्धि

सगरमाथा इन्स्योरेन्सको नाफा ११ प्रतिशतले वृद्धि

सगरमाथा इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको तुलनामा १० दशमलव ९१ प्रतिशतले बढेको छ । गत वर्ष यसले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव २२ प्रतिशतले बढेर ३५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड ४९ लाख २३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले ४ हजार १ सय ३३ वटा बीमा दाबी वापतको ९२ करोड ५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी कुल दाबी रकम रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २२ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा छ ।

गत आर्थिक वर्षमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको बीमा कोषको आकार यस वर्ष ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ छ ।यस अवधिमा कम्पनीले १ हजार ३ सय १८ वटा बीमा दाबीको २१ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ

7200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका