जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • चौथो त्रैमासमा आइजिआई प्रुडेन्सियलको सन्तोषजनक प्रगति: खुद नाफा ५२ प्रतिशतले बढ्यो

चौथो त्रैमासमा आइजिआई प्रुडेन्सियलको सन्तोषजनक प्रगति: खुद नाफा ५२ प्रतिशतले बढ्यो

साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५६ करोड ८३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ करोड ८४ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती बृद्धि भएको छ । मर्जरपछि यस कम्पनी बलियो बनेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५५ करोड ६१ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले २६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १२ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५२ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ८५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील ६४ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३२ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३८ करोड ४९ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ १२ पैसा रहेको छ । पिइ अनुपात ४३.५८ गुणा रहेको छ ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका