जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकमा २४सै घण्टा, सातै दिन खाता खोल्न सकिने

एनएमबि बैंकमा २४सै घण्टा, सातै दिन खाता खोल्न सकिने

एनएमबि बैंकमा २४सै घण्टा र सातै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने भएको छ।

फेसबुकबाटै खाता खोल्ने योजना सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता खोल्ने सेवा सुरु गरेको हो। यसबाट मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा लिन सकिन्छ।

नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुने विज्ञप्तिमा उल्लेख छ। बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

ग्राहकले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

डिजिटल बैंकिङ्ग सेवाको घेरा अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ

9710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका