जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३ पुसमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरला खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

१४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकले न्यूनतम १० करोडदेखि बढीमा बोलकबोलको लागि आह्वान भएको रकमसम्म ५ करोडले भाग जाने गरी आवेदन दिनुपर्ने हुन्छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि मंसिरयता राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत लगातार तरलता खिचिरहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्दै ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने बताएको थियो । ७ साउनमा आएको मौद्रिक नीतिमा निक्षेप संकलन दर ४.५ प्रतिशत कायम गर्दैै भारित औसत अन्तरबैंक ब्याजदर त्यसभन्दा तल आए स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने बताएको थियो ।

तर, उक्त व्यवस्था लागु गर्न आवशयक नीति बनाउने कार्य भइरहेकोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासबाट मात्रै उक्त व्यवस्था कार्यावन्वयन हुने राष्ट्र बैंकले जनाएको छ । यसबीच मौद्रिक नीतिको प्रथम त्रैमासीक समीक्षा मार्फत निक्षेप संकलन दरलाई १.५ प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ । बैैंकिङ प्रणालीमा अधिक तरलता भएर निक्षेप संकलन दर लगातार ३ प्रतिशत भन्दा कम हुँदा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता खिच्न लागेको हो । अधिक तरलता भएपनि हाल बैंकहरुले राष्ट्र बैंकमा राखेको निक्षेप ६२ अर्ब ५० करोड रहेको छ ।

१ पुसमा पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिचेको थियो । आइतबार नै २० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएपनि १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो । १० अर्बको निक्षेपको लागि १२ वटा बैंकहरुले ६० वटा आवेदनमा २८ अर्बको प्रस्ताव गरेका थिए । अधिकत २.८९९९ प्रतिशत र न्यूनतम २.२२३१ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा औसत २.४७८४ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?