जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डिशहोमले ल्यायो नेपालमै पहिलो पटक ‘पे पर भ्यु’ सुविधा

डिशहोमले ल्यायो नेपालमै पहिलो पटक ‘पे पर भ्यु’ सुविधा

डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत टेलिभिजनमा हेर्न पाइने सुविधाको शुरुवात गरेको छ । शुक्रबार रिलिज हुने चलचित्र “खालीपीली” पे पर भ्यू सुविधामार्फत हेर्न पाइने भएको हो ।

अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सुरु गरेको सिनेमाघरमा यो चलचित्र हेर्न पाइने भएको हो ।

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवामार्फत न्युनतम मुल्यमा नेपाली सिनेमा हेर्न सकिने च्यानल यस अघि नै सञ्चालनमा ल्याएको छ ।

7835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?