जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ गते देखि सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई आईपिओ निष्काशन गर्न मंसिर ११ गते अनुमति दिएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड BB+”  रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदछ । यसको बैद्यता १ बषको रहन्छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने यस जीवन बीमा कम्पनीको हाल एक अर्ब ४० करोड रुपैयाँ पुँजी रहेको छ । कम्पनीमा २ अर्ब रुपैयाँ चुक्ता पुँजीलाई आधार मानेर यसको ७० प्रतिशत अर्थात् एक अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट लगानी भएको छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीमा प्रभु ग्रुपबाट १२ जना सहित १७४ जना संस्थापक सेयरधनी छन । यसका प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स छन ।

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका