जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सले शुरु गर्यो सप्ताहव्यापी कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सले शुरु गर्यो सप्ताहव्यापी कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको छ । यस वर्ष पनि गत असोज ३१ गतेदेखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम मार्फत सोही प्रकारका गतिविधीहरुलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

जन समुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ । यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ । कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको बिशेष दिन सम्पुर्ण कर्मचारि, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गर्ने कम्पनीको विश्वास छ ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका