जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभरबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभरबीच सम्झौता

माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभरका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एमएडब्लू अर्थमुभरको तर्फबाट अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्लू अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविध ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा दिइरहेको छ ।

५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मेसिन मार्फतबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकि सुविधा प्रदान गरीरहेको छ ।

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?