जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंकको अढाई अर्बको ऋणपत्र आउँदै

राष्ट्रिय बाणिज्य बैंकको अढाई अर्बको ऋणपत्र आउँदै

राष्ट्रिय बाणिज्य बैंकले अढाई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले १५ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र दश लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट जारी गर्नेछ। बैंकले ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रवन्धक नियुक्त गर्न सोमबार सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनआइबिएल एस क्यापिटलबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे।

बैंकको चुक्ता पूंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्राबधान बमोजिम निष्काशन गर्न लागेको यो ऋणपत्रको अवधि ६ बर्षको रहेको छ । १०.२० प्रतिशत व्याज ६–६ महिनामा प्रदान गरिने यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

8810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका