जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कृषि विकास बैंकबाट नेपाली महिला फुटवल खेलाडीलाई नगद पुरस्कार प्रदान

कृषि विकास बैंकबाट नेपाली महिला फुटवल खेलाडीलाई नगद पुरस्कार प्रदान

कृषि विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गत February 19,2024 देखि February 29,2024 सम्म साउदी अरबमा सम्पन्न भएको West Asian Football Federation Women’s Championship 2024 प्रतियोगितामा नेपाली महिला फुटवल टिमले उपविजेता हुन सफल भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व सामु नेपाललाई चिनाउन अतुलनिय योगदान दिएको हुनाले उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरुलाई प्रोत्साहन स्वरुप अखिल नेपाल फुटवल संघ (एन्फा) मार्फत नगद पुरस्कार रु.६,७०,०००।( (अक्षेरुपी छ लाख सत्तरी हजार) प्रदान गरेको छ ।

उक्त कार्यक्रम गत फागुन २४ गते विहिवार कृषि विकास बैंक लि. को मुख्य कार्यालयको हलमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षता र एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङको प्रमुख अथित्यमा एन्फाका पदाधिकारीहरु, अफिसियल टिम, प्रशिक्षकहरु, बैंकका उच्च पदस्थ कर्मचारीहरु, बैंकका क्रियासिल युनियनका प्रतिनिधीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा मार्केटिङ्ग एण्ड सेल्स विभागका विभागीय प्रमुख विना शर्माले स्वागत मन्तव्य राख्दै बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा संक्षिप्त जानकारी गराउँदै बैंकले खेलाडीहरुलाई सानो भए पनि सहयोग गरेको वताउनु भयो । प्रमुख अथिति एन्फाका अध्यक्ष नेम्वाङले कृषि विकास बैंक लि. ले खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेकोमा एन्फाको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसै गरी सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुशासित र लगनशिल भएर काम गर्दा खेलमा मात्र नभएर सबै क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्नु भयो । उहाँले नेपाली महिला फुटवल टिमका खेलाडी, टिममा संलग्न सदस्यहरु तथा एन्फालाई हार्दिक बधाई ज्ञापन गर्दै नगद पुरस्कार, सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभयो । साथै प्रत्येक खेलाडीले सो खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेका क्षणहरुलाई स्मरण गर्दै उच्च प्रशंसा समेत गर्नुभयो । अन्त्यमा प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकको तर्फबाट नगद पुरस्कार वितरण गर्न पाउँदा गौरवान्वित भएको र अन्य संघ संस्थाहरु तथा राज्यले पनि खेलाडीहरुलाई उचित सहयोग गर्नुपर्ने वताउँदै कार्यक्रमको समापन गर्नु भएको थियोे ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका