जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३ ,भक्तपुुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ ।

बैंकको सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्नेछ । उक्त कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका थिए ।

नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य बिजेन्द्र ध्वजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती रहेको थियो । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?