जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंकले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने

नबिल बैंकले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने

नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक हो । बैंकले पछिल्लो दुई वर्ष १२र१२ प्रतिशतका दरले बोनस सेयर दिँदै आएको थियो ।

बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा गरेको छ ।

बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । अब पुँजी सवा तीन अर्ब रुपैयाँभन्दा बढीले बढ्ने छ । बैंकको जगेडा कोषमा १६ अर्ब ८७ करोड रुपैयाँ छ ।

बैंकले केही समयअघि नै लाभांश वितरणको स्वीकृति लिइसकेको थियो । तर सञ्चालक समितिका केही सदस्यहरुलाई कोभिड देखिएकाले अनुमोदन गर्न सकेको थिएन । लाभांश उच्च दिने चर्चाका कारण पछिलो समय बैंकको सेयर मुल्य निकै बढेको छ ।

 

8840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका