जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्वारा सम्मान

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषद्वारा सम्मान

अपांगता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपांग कोषले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरेको छ । सहरी विकासमन्त्री सीता गुरुङले कम्पनीलाई सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।

वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । सिटीले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरुलाई सेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलाई उक्त रकम सहयोग गरेको हो ।

कोषले वार्षिक १५ सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सिटी एक्सप्रेसले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै संघ-संस्थालाई सहयोग गर्दै आएको छ ।

सिटी एक्सप्रेसले १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ ।

4630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?