जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कोरोना बीमाको तथ्याङ्क नै शंकाको घेरामा, एउटै कम्पनीको १३ हजार भन्दा बढि कागजात बीमा पुलमा

कोरोना बीमाको तथ्याङ्क नै शंकाको घेरामा, एउटै कम्पनीको १३ हजार भन्दा बढि कागजात बीमा पुलमा

बीमा समितिले प्रत्येक दिन सार्वजनिक गर्ने कोरोना बीमा सम्बन्धमा बीमा पुलको तथ्याङ्क शंकाको घेरामा परेको छ । एउटै कम्पनीको १३ हजार भन्दा बढि फाईल बीमा पुलमा पुगिसक्दा पनि कूल तथ्याङ्क ३० हजार नाघेको छैन । बीमा पुलबाट प्राप्त तथ्याङ्कलाई बीमा समितिले सार्वजनिक गर्दै आएको छ ।

तर, इन्स्योरेन्स खवरलाई प्राप्त तथ्याङ्कमा एउटै कम्पनीले १३ हजार भन्दा बढि बीमितको सम्पूर्ण कागजात पुगेको फाईल पठाइसकेको फेला परेको छ । राष्ट्रिय बीमा कम्पनीले गत शुक्रबार सम्ममा १३ हजारभन्दा बढिको फाईल सम्पूर्ण कागजात सहित बीमा पुलमा पठाइसकेको छ । तर, बीमा पुलको सो दिनको तथ्याङ्कमा कूल कागजात पुगेको फाईल संख्या २९ हजार २७० छ । नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरुमार्फत बीमा पुलमा दैनिक फाइल गइरहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले सिंहदरवारस्थित केन्द्रीय कार्यालयको सबैभन्दा माथि ट्रष्ट राखेर २० जना कर्मचारीलाई खटाएर फाईल तयार पार्न लगाउने गरेकोछ । सो क्रममा १३ हजार भन्दा बढिको फाईल तयार गरी बीमा पुलमा पठाइएको जनाएको छ । बीमा पुलमा गएको मध्ये हालसम्म दुई हजार जनाको मात्रै प्रमाणिकरण भएर आएको तथा जम्मा चार सय जनाको लागि मात्रै दावी भुक्तानी गर्ने रकम प्राप्त भएको जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बढि बीमा दावी पर्ने कम्पनी भएपनि अन्य कम्पनीहरुबाट समेतको दावी यसअघि नै ३२ हजार नाघिसकेको थियो । बीमा पुलबाट बीमा समितिहुँदै अर्थमन्त्रालय र सञ्चार माध्यममा पुगेका तथ्याङ्कहरु शंकाका घेरामा परेका हुन् । स्रोतका अनुसार हालसम्म ५० हजार भन्दा बढिले कोरोना बीमा दावीका लागि फाईल पेश गरिसकेका छन् । यकिन तथ्याङ्क अझै बाहिर आएको छैन । यसअघि बीमा पुलले गत मंसिरमा अन्तिम पटक सार्वजनिक गरेको तथा बीमा समितिमा पठाएको तथ्याङ्क अनुसार कूल बीमा दावी गर्नेको संख्या ३२ हजार भन्दा बढि रहेको जनाइएको थियो ।

अर्थमन्त्रालयमा नियमित रिपोर्टिङ गर्नुपर्ने भएपछि बीमा पुलले सम्पूर्ण कागजात प्राप्त भएको मात्रै भनेर आफ्नै तथ्याङ्क दुइ तिहाई घटाएर सार्वजनिक गरेको थियो ।

5825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका