जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन दियो, मृगौला रोगीलाई उपयोगी

सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन दियो, मृगौला रोगीलाई उपयोगी

सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ। बैंकका संचालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन्।

कोशी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु उपस्थित थिए।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थित थिए।

हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ। बैंकले पुर्‍याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

कार्यक्रममा वोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गरेका थिए।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक संचालक अग्रवालले जानकारी गराएका थिए।

4410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका