जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको माई मोबाइल मनि भिडियो प्रतियोगिता ः डिजिटल बैंकिङ्गलाई प्रोत्साहन

लक्ष्मी बैंकको माई मोबाइल मनि भिडियो प्रतियोगिता ः डिजिटल बैंकिङ्गलाई प्रोत्साहन

लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल मनि भिडियो प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु ५०,०००÷– सम्मको नगद पुरस्कार प्रदान गरिने छ ।

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैकिङ्ग र भाइबर बैंकिङ्ग जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।

लक्ष्मी बैंकको मोबाइल मनि एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ ।
प्रतियोगिताको नियमहरु यो बैंकको धभदकष्तभ मा उपलब्ध छ ।

माई मोबाइल मनि लक्ष्मी बैंकको ऋचयधमकयगचअष्लन मा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेविट कार्डको डिजाईनिङ्ग प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेविट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ ।

4430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?