जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं– निजगढ द्रुतमार्गका आयोजना अनियमितता

समाचार

काठमाडौं– निजगढ द्रुतमार्गका आयोजना अनियमितता

प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठ पद मुक्त

काठमाडौं– निजगढ द्रुतमार्गका आयोजना अनियमितता

काठमाडौं– निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) का आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको जिम्मेवारी खोसिएको छ ।

द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको हो ।

श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो तर यसलाई गुपचुप राखेको पाइएको छ ।

जंगीअड्डाका एक उच्च अधिकृतले भने, ‘छानविन भइरहेकाले यसबारे नबताइएको पनि हुनसक्छ ।’

स्रोतका अनुसार प्राविधिक उपरथी योगेन्द्र खाँड आयोजना प्रमुख भएको बेला अनियमितता भएको भन्दै उजुरी परेको थियो । खाँडले १३ असारमा अनिवार्य अवकाश पाइसकेका छन् । त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बनेका थिए ।

अहिले प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गमा भएको भनिएको अनियमिताबारे छानविन गर्न बलाधिकृत रथी शरद गिरीलाई छानविन गर्ने जिम्मेवारी दिएका छन् । गिरीको टोलीले छानविन थालेलगत्तै श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ ।

खाँडले आयोजनाको नेतृत्व गरेका वेला श्रेष्ठ डिजाइन इञ्चार्ज भएकाले उनी पनि छानविनमा तानिएको एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘छानविनले निर्दोष देखायो भने उहाँ फेरि जिम्मेवारीमा फर्कनसक्नुहुन्छ’, उनले थपे ।

अहिलेलाई भने द्रुतमार्ग आयोजनाको जिम्मा महासेनानी विकास पोख्रेललाई दिइएको छ ।

छानविन रिपोर्ट सेनापतिको टेबलमा

प्रधानसेनापति पूर्णचन्द्र थापाले जिम्मेवारी सम्होलेको पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध शून्य शहनशीलताको नीति अख्तियार गरिने बताउँदै आएका थिए । अझ राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणसँग सेनाको प्रतिष्ठा पनि जोडिएकाले थापाले उजुरीमाथि छानविनको निर्देशन दिएको एक अधिकृत बताउँछन् ।

अहिले छानविन समितिले फास्ट ट्रयाकको पुराना कागजात अध्ययन सकेर अनुसन्धान प्रतिवेदन थापा समक्ष पु¥याएको छ । तर, आयोजनामा अनियमितता भएको देखियो/देखिएन भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

आयोजना तोकिएको समयमा नसकिने निश्चित

सरकारले चार वर्षभित्र निर्माण सक्ने गरी २७ साउन २०७४ मा फास्ट ट्रयाक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर त्यसअनुसार काम भएको छैन । हालसम्म द्रूतमार्ग निर्माणको काम १२ प्रतिशत मात्र धएको छ ।

नयाँ डीपीआरअनुसार आयोजनाको लागत भने बढेर करसहित १ खर्ब ७५ अर्ब पुगेको छ । आयोजना तोकिएको समयमा पूरा गर्न कठिनाइ देखिएको सेनाको स्वीकारोक्ति छ ।

सेनाकाअनुसार नयाँ डीपीआर स्वीकृत भएपछि अहिले परामर्शदाता छनोटको प्रक्रिया चलिरहेको छ ।

डीपीआर स्वीकृत हुनु अगाडि नै परामर्शदाता छनोट भएको थियो । तर त्यसमा प्रश्न उठ्ने भएपछि त्यसलाई रद्द गरेर नयाँ परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरिएको छ, जसको थपिएको म्याद आगामी आइतबारसम्म छ ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका