जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने छ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।

बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

3725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका