जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सनराइज बैंक र हङ्गकङ्ग स्थित एटि सर्भिस बीच सम्झौता

सनराइज बैंक र हङ्गकङ्ग स्थित एटि सर्भिस बीच सम्झौता

सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटि सर्भिस मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटि सर्भिस मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

एटि सर्भिस मार्पmत हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

10410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका