जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • १० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान विभागकाे निर्देशन

१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान विभागकाे निर्देशन

सहकारी विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।

हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा पठाउनुपर्ने हुन्छ । यस अनुरूप प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरूले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान रहेको छ ।

तर, पटक पटक सचेत गराउँदा समेत सहकारी सङ्घ संस्थाहरूले अटेर गरेको भन्दै विभागले पुनः निर्देशन जारी गरेको हो । १० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी सङ्घ/संस्थाहरुलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिष्टर्ड भइ वेव/एसएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ ।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका