जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ‘नबिल बैंकसँग कसैले चन्दा मागेको छैन’

‘नबिल बैंकसँग कसैले चन्दा मागेको छैन’

नेबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकले एक विज्ञेप्ती जारी गर्दै नबिल बैंकसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको हो ।

जारि विज्ञेप्तीमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’

त्यस्तै, नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको बैंकले जनाएको छ ।

9180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका