जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • हिमालयन, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य बैंकलाई पटक/पटक जरिवाना कारवाहीः १ वर्ष १८ बैंकलाई ४० पटकसम्म कारवाही र सीइओलाई सचेत पत्र

हिमालयन, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य बैंकलाई पटक/पटक जरिवाना कारवाहीः १ वर्ष १८ बैंकलाई ४० पटकसम्म कारवाही र सीइओलाई सचेत पत्र

पटक/पटक राष्ट्र बैंकले जरिवाना र सिइओसाबहरुलाई सचेतको कारवाही गर्दा पनि अटेर गर्दै आएको कुमारी, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन बैंक लिमिटेड किन मान्दैनन् । नियमनकारी निकाय राष्ट्र बैंकको निर्देशन यो चाहि खोजीकै विषय बनेको छ । भनिन्छ नेपालका १८ वाणिज्य बैंकहरुलाई करिब ४० पटक राष्ट्र बैंकले कारवाही गरेको फेला परेको छ । राष्ट्र बैंकका दर्जनौ निर्देशन रद्दीको टोकरीमा फाल्दै आएका हिमालयन बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, प्राइम कर्मशियल बैंक लिमिटेड, किरण कुमार श्रेष्ठ सीइओ रहेको आफूलाई अब्बल सरकारी बैंक बताउँदै आएको राष्ट्रिय वाणिज्य बैंक एमाले कार्यकर्ता कृष्ण बहादुर अधिकारी सीइओ रहेको नेपाल बैंक लिमिटेड र अशोक राणा सीइओ रहेको हिमालयन बैंक लिमिटेडलाई पटक÷पटक राष्ट्र बैंकले जरिवाना कारवाही र सीइओहरुलाई सचेत गराएको राष्ट्र बैंकद्वारा जारी पत्रमै उल्लेख गरिएको छ । यि माथीका पाँच बैंक बाहेक अन्य बैंकहरुलाई पनि नेपाल राष्ट्र बैंकले सम्पत्ती शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लघन, विपन्न वर्ग कर्जा प्रवाह नगरेको, कर्जा निक्षेप परिचालन अनुपात कायम नगरेको भन्दै जरिवाना र सीइओ र सञ्चालकहरुलाई सचेत गराएको खुलेको छ । भन्दा फरक पर्दैन । २० वाणिज्य बैंकहरुले नाफा रातारात कमाउन र आफ्नो महंगो सीइओको जागिर बचाउन राष्ट्र बैंकको निर्देशन रद्दीको टोकरीमा फाल्दै आएका छन् भन्दा फरक पर्दैन । गर्भनर साब, हेक्का होस् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम, सर्कुलर, निर्देशन सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गरेको, कर्जा श्रोत परिचालन अनुपात कायम नगरेका भन्दै कारबाही गरेको छ । गत आवमा केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले उक्त बैंकहरुमा कतिपयलाई नगद जरिवाना गरेको छ भने केही बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । एक वर्षका अवधिमा विभिन्न १८ बैंकलाई राष्ट्र बैंकले ४० वटा कारबाही गरेको तथ्य उजागर भएको छ ।

लक्ष्मी बैंक लिमिटेड बाहेक १८ वाणिज्य बैंकलाई पटक÷पटक राष्ट्र बैंकले कारवाही गरेको देखिन्छ । हेक्का होस् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम, सर्कुलर, निर्देशन सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गरेको, कर्जा श्रोत परिचालन अनुपात कायम नगरेका भन्दै कारबाही गरेको छ । गत आवमा केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले उक्त बैंकहरुमा कतिपयलाई नगद जरिवाना गरेको छ भने केही बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । एक वर्षका अवधिमा विभिन्न १८ बैंकलाई राष्ट्र बैंकले ४० वटा कारबाही गरेको तथ्य उजागर भएको छ । राष्ट्र बैंकले गत आवमा तत्कालिन बैंक अफ काठमाण्डूलाई ३, कृषि विकासलाई २, कुमारीलाई ४, प्राइमलाई ३, हिमालयनलाई ३, तत्कालिन सनराइजलाई ३, ग्लोबल आइएमईलाई २, तत्कालिन मेगालाई ३, सानिमा, तत्कालिन सिभिल, तत्कालिन एनसीसीलाई २, राष्ट्रिय वाणिज्य बैंक, तत्कालिन सेञ्चुरी बैंक र नेपाल बैंकलाई १–१ पटक कारबाही गरेको भेटिएको छ ।

तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ कारबाही गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्रमा जति कर्जा प्रवाह गर्नुपर्ने हो त्यो नगरेको भन्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तत्कालिन बैंक अफ काठमाडौंलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको भेटिएको छ । राष्ट्र बैंकले निर्धारण गरेको नियमअनुसार कजा–निक्षेप परिचालन अनुपात (सीडी रेसियो) कामय नगरेको भन्दै केही बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै गत आवको पहलो त्रैमासमा कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको भेटिएको छ । भन्दा फरक पर्दैन । कुमारी बैंकलाई ५० लाख, तत्कालिन बैंक अफ काठमााडैंलाई ५० लाख, प्राइम बैंकलाई ५० लाख जरिवाना गरेको छ । तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ कारबाही गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्रमा जति कर्जा प्रवाह गर्नुपर्ने हो त्यो नगरेको भन्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तत्कालिन बैंक अफ काठमाडौंलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको भेटिएको छ । राष्ट्र बैंकले निर्धारण गरेको नियमअनुसार कजा–निक्षेप परिचालन अनुपात (सीडी रेसियो) कामय नगरेको भन्दै केही बैंकलाई कारबाही गरेको छ । गत आवको तेस्रो त्रैमासमा तत्कालिन सेञ्चुरी कमर्सियल बैंकलाई २०७९ साउन र भदौमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै २ करोड ८४ लाख ७३२ रुपैयाँ जरिवाना गरेको छ । ग्लोबल आइएमई बैंकले भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ४ करोड ४२ लाख ४७ हजार ८३१ रुपैयाँ जरिवाना गरेको छ । यस्तै कृषि विकास बैंकले गत भदौमा कर्जा निक्षेप अनुपात कामय नगरेको भन्दै ६९ लाख ५८ हजार ८३१ रुपैयाँ, हिमालयन बैंकले भदौमा कर्जा निक्षेप अनुपात कामय नगरेको भन्दै ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना गरेको भेटिएको छ ।

तत्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै तत्कालिन सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको भेटिएको छ । जनताको पैसामा जे पनि गर्ने अधिकार बैंकरलाई छैन हेक्का होस् । तत्कालिन मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नविकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । सानिमा बैंकले तत्कालिन सीईओलाई थप सुविधा दिएको भन्दै सचेत गराएको छ ।

यस्तै केन्द्रीय बैंकले माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४ रुपैयाा, कात्तिकमा कर्जा निक्षेप अनुपात कामय नगरेको भन्दै हिमालयन बैैंकलाई १ करोड ३९ लाख ४७ हजार २७ रुपैयाँ जरिवाना गरेको देखिन्छ । गत आवको पहिलो त्रैमासमा राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको भेटिएको छ । एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक र तत्कालिन मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको देखिन्छ ।
आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै तत्कालिन सनराइज र तत्कालिन मेगा बैंकका सीईओलाई सचेत गराइएको भेटिएको छ । तत्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै तत्कालिन सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको भेटिएको छ । जनताको पैसामा जे पनि गर्ने अधिकार बैंकरलाई छैन हेक्का होस् । तत्कालिन मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नविकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । सानिमा बैंकले तत्कालिन सीईओलाई थप सुविधा दिएको भन्दै सचेत गराएको छ । केन्द्रिय बैंकले गत आवको दोस्रो त्रैमासमा तत्कालिन सिभिल बैंकले पटक–पटक प्रिमियर दर निर्धारण गरी ऋणीलाई दिने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुन स्वत वृद्धि हुने जस्ता योजना लागू गरेको भन्दै सीईओलाई सचेत गराएको छ । नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागू नगरेको भन्दै सीईओलाई सचेत गराएको देखिन्छ ।

कुमारी बैंकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दति निक्षेपमा प्रकाशित ब्याजदर भन्दा बढी ब्याज दिएको, कर्जामा प्रयाप्त कर्जा नोक्सानी व्यवस्था एंव जोखिम भार प्रदान नगरेको भन्दै सीईओलाई सचेत गराइएको भेटिएको छ हेक्का होस् । तत्कालिन एनसीसी बैंकका सीईओले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै सीईओलाई ५ लाख जरिवाना गरिएको देखिन्छ । राष्ट्र बैंकले गत आवको चौथो त्रैमासमा प्राइम बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले गत आवको तेस्रो त्रैमासमा तत्कालिन एनसीसी बैंक (हालको कुमारी बैंक)लाई सहुलियतपूर्ण कर्जा सम्बन्धि एकिकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा प्रयाप्त कर्जा नोक्सानी व्यवस्था नगरेको पाइएको छ । कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा केन्द्रीय बैंकको निर्देशन बिपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको भन्दै सीईओलाई सचेत गराइएको देखिन्छ । कुमारी बैंकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दति निक्षेपमा प्रकाशित ब्याजदर भन्दा बढी ब्याज दिएको, कर्जामा प्रयाप्त कर्जा नोक्सानी व्यवस्था एंव जोखिम भार प्रदान नगरेको भन्दै सीईओलाई सचेत गराइएको भेटिएको छ हेक्का होस् । तत्कालिन एनसीसी बैंकका सीईओले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै सीईओलाई ५ लाख जरिवाना गरिएको देखिन्छ । राष्ट्र बैंकले गत आवको चौथो त्रैमासमा प्राइम बैंकलाई कारबाही गरेको छ । बैंकले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको, प्रिमियम दर बढाएर ब्याज लिएको भन्दै सीईओलाई सचेत गराइएको भेटिएको छ । यति धेरै कारवाही हुँदा पनि बैंकरहरुले जनताको पैसामाथी किन खेलवाड गरिरहेका छन् । यो जाहि खोजीकै विषय बनेको छ । सचेत भया ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?