जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्ट बीचसम्झौता ।

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्ट बीचसम्झौता ।

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

4740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?