जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल टेलिकमको सिम वितरण गर्दा ९० रुपैयाँभन्दा बढी लिए कारबाही हुने

नेपाल टेलिकमको सिम वितरण गर्दा ९० रुपैयाँभन्दा बढी लिए कारबाही हुने

नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० तोकिएको स्पष्ट गर्दै तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री गर्नेलाई कारबाहीको चेतावनी दिएको छ।कम्पनीले उपभोक्तालाई सिमकार्ड खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी तिर्न नपर्ने भन्दै सजग रहन अनुरोध गरेको छ। यदि कुनै पनि बिक्री केन्द्र, पसल वा अन्य माध्यमबाट निर्धारित मूल्यभन्दा बढी रकम लिई सिमकार्ड बिक्री गरिएको पाइएमा उपभोक्ताले तत्कालै नजिकको दूरसञ्चार कार्यालय, जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउन सक्नेछन्।

1555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?