जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

समाचार

लास उठाउन कोही मान्दैनन्

लास उठाउन कोही मान्दैनन्

कोरोना भाइरसका कारण आफ्ना करिब ८ हजार नागरिक गुमाइसकेको इटाली यतिबेला लकडाउनमा छ । यहाँको जनजीवन निकै कष्टपूर्ण बनेको छ । सरकारले आफ्ना नागरिकलाई नयाँ व्यवस्था र नियमहरू पालना गर्न आग्रह गरेको छ । जसले सरकारको यस्तो आग्रह मानिरहेका छैनन्, त्यस्ता मानिसलाई कोरोनाले गाँजेको छ ।

अहिले आफ्नो घरबाट २ सय मिटरभन्दा पर भेटिने जो कोहीलाई प्रहरीले रोकेर बाहिर निस्कनुको कारण सोधिरहेको छ । विनाकाम डुलेको पाइए तीन हजार यूरोसम्म जरिमाना लगाइन्छ । हजारौंको ज्यान लिइसकेको कोरोना भाइरसको डर र कानुनी बन्देज मानिसहरूलाई घरमा सीमित राख्न काफी छ ।

संक्रमणको बढ्दो आँकडाका साथ हर तीन दिनमा देशको हालत पूर्णरूपमा परिवर्तन भइरहेको छ । यद्यपि, मानिसहरूले खाने–पिउने सामानको चिन्ता भने गर्नुपरेको छैन । यस्ता पसलहरू खुलै हुन्छन् । दबाइ र चुरोटका पसल वा अखबारका स्टल खुलै हुन्छन् ।

मृतकहरूको अन्तिम संस्कार कार्यक्रममा रोक लगाइएको छ । परम्पराअनुसार चर्च वा पादरीकहाँ नलगी शवलाई गाडिँदैछ । यस क्रममा एक वा दुई परिवारजन मात्र हुन्छन् ।

शव गाड्ने एजेन्सीले पनि शव लिनका लागि अस्वीकार गरिरहेका छन् । यही कारण कोरोना भाइरसका कारण मृत्यु भएकी ४७ वर्षीया टेरेसा फ्रान्जेको शव ३६ घण्टासम्म घरमै राखियो । उनका भाइ लुकाले सामाजिक सञ्जालमा भावुक निवेदन गरेका छन्, त्यसपछि अन्तिम संस्कार हुन सक्यो । पाँच लाख जनसंख्या रहेको बरगामो शहरका मेयर जिर्योजियो गोरीले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यहाँको ऐतिहासिक चिहान बन्द गर्ने आदेश दिएका छन् ।

श्रद्धाञ्जली सन्देशले नै अखबारका १०–१० पाना ओगटी रहेको छ । यस्तो सन्देश प्रकाशित गर्न यस कारण पनि जरुरी भइरहेको छ कि अन्तिम संस्कार आयोजना नहुँदा कतिपय अवस्थामा मृतकका आफन्त वा चिनजानका मानिसले सूचना नपाएका हुन सक्छन् ।

नागरिक भन्दैछन्, ‘सरकारले ढिला गर्‍यो’

सरकारले लकडाउन गर्न ढिला गरेको गुनासो इटालीका नागरिकले गरिरहेका छन् । सरकारले पहिले स्कुलहरू बन्द गर्न प्रतिक्षा गर्‍यो । त्यसपछि आंशिक लकडाउन सुरू गरियो । केही साना क्षेत्र वा गतिविधि बन्द गरियो तर पर्यटनको नाममा रेस्टुरेन्ट, कफी सप र पब चलाउन दिइयो ।

मानिसहरूको आउजाउ भइ नै रह्यो, भाइरस फैलिँदै गयो । जब पूरा देश लकडाउन भयो तबसम्म ढिला भइसकेको थियो । (एजेन्सीकाे सहयाेगमा)

6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका