जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनु भयो । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताउनुभयो ।

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराउनु भयो ।

त्यसै गरी उक्त कार्यक्रममा अन्तराष्ट्रिय रुपमा चर्चित नेपाली नायिका मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

7065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?