जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव

प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। बैंकले साढे ६ प्रतिशत बराबरको बोनस सेयर दिने भएको हो। शुक्रबार बैंकले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १२ अर्ब ७० करोडको ८७ लाखको ६.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। यसबाट बैंकको पुँजी ८२ करोड ६० लाख रुपैयाँले बढ्ने छ।

बैंकले कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले नगद १९ करोड ६ लाख रुपैयाँ वितरण गर्ने छ। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २१औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन्।

सेञ्चुरी बैंकलाई गाभ्ने प्रकृयामा रहेको प्रभुले वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो

 

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका