जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव

प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। बैंकले साढे ६ प्रतिशत बराबरको बोनस सेयर दिने भएको हो। शुक्रबार बैंकले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १२ अर्ब ७० करोडको ८७ लाखको ६.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। यसबाट बैंकको पुँजी ८२ करोड ६० लाख रुपैयाँले बढ्ने छ।

बैंकले कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले नगद १९ करोड ६ लाख रुपैयाँ वितरण गर्ने छ। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २१औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन्।

सेञ्चुरी बैंकलाई गाभ्ने प्रकृयामा रहेको प्रभुले वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो

 

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका