

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।
निष्काशन सुरु भइको तेस्रो दिनमा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँको ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।
बैंकले शुक्रबारदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताम सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त आईपीओमा सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।