जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • एशियन लाईफ इन्स्योरेन्सको दैलेख नयाँ शाखा संचालन

एशियन लाईफ इन्स्योरेन्सको दैलेख नयाँ शाखा संचालन

 

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले कर्णाली प्रदेशको दैलेखमा उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ । यस कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिनेछ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १ करोड २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रु.२३ अर्ब ६ करोड रहेको छ ।

7160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका