जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा सञ्चालनमा ल्यायो अनलाइन पेमेन्ट गेटवे

एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा सञ्चालनमा ल्यायो अनलाइन पेमेन्ट गेटवे

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ई–कमर्स पेमेन्ट गेटवेको सेवा थपेको छ।

बैंकले एनसीएचएलसँगको सहकार्यमा इसीसी आइपीएस नेपालपे क्यूआर आरपीएस कनेक्ट आइपीएस कर्पोरेटपे लगायत सेवा प्रदान गर्दै आएकामा अब कार्डमा आधारित ई–कमर्स पेमेन्ट गेटवे सेवा थपिएको हो।

पेमेन्ट गेटवेको सुविधामार्फत बैंकका अनलाइन मर्चेन्टले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी गरिएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ई-कमर्स ट्रान्जेक्सनलाई प्रवर्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

1005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?