जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना रू. ३१ करोड ५० लाख बराबरको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र अन्य सर्बसाधारणमा उक्त रकम बराबरको आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हाल मादी गाउँ पालिका अवस्थित मादीखोलामा निर्माणाधिन ४४ मेगावाट क्षमताको सुपरमादी जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीले आईपीओबाट रकम जुटाउन लागेको हो । कम्पनीले आईपीओ विक्रीका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सुपर मादी हाइड्रो पावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम २०६५ साल माघ ३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको हो । कम्पनीले निर्माण गरिरहेको आयोजनको ६५ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिएको छ । आगामी २०७८ साल पौष महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका