जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलले तीजको अवसर पारेर सुरु गर्‍यो ‘प्रभु ऐश्वर्य’ लगानी व्यवस्थापन योजना

प्रभु क्यापिटलले तीजको अवसर पारेर सुरु गर्‍यो ‘प्रभु ऐश्वर्य’ लगानी व्यवस्थापन योजना

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत प्रभु ऐश्वर्य योजना सुरु गरेको छ। यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने क्यापिटलले जनाएको छ।

यो योजनामा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई जै केन्दित गरी उनीहरुलाई आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने क्यापिटलले अपेक्षा गरेको छ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’भन्ने अवधारणाले यो योजना ल्याईएको पनि क्यापिटलको दावी छ।

यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरिएको छ।

त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने क्यापिटलले जनाएको छ।

6400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?