जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनएमबि बैंकले बल्खु तरकारी बजारमा सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी

एनएमबि बैंकले बल्खु तरकारी बजारमा सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी

बल्खु तरकारी बजारमा पनि क्यूआर कोड मार्फत् भुक्तानी सुरु भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बल्खु तरकारी बजारमा क्यूआर कोड भुक्तानीको उद्घाटन गरेका छन्।

बल्खु तरकारी बजारमा एनएमबि बैंकले क्यूआर कोड सेवा सुरु गरेको हो।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उपस्थिति थियो।

नगदरहित कारोवार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोड मार्फत् साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बजारमा रहेका दुई तरकारी पसल  बुढाथोकी भेजिटेबल सप्लायर्स र सजनी भेजिटेबल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि दिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने कदम भएको बैंकले जनाएको छ। यो परियोजना नगदबाट नगदरहित कारोबारतर्फ समाजलाई रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं।’, बैंकका सीईओ केसीले भने।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका