जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक ल्याइएको उनले बताए।

मन्त्री पुनले नेपालको संविधान र प्रचलिक कानूनमा उल्लेखीत तीनै तहको सरकारको बित्तिय अधिकार क्षेत्र व्यवस्थीत रुपमा कार्यन्वयन गर्न आवश्यक भएकाले संशोधन विधेयक ल्याइएको बताए।

त्यस्तै मन्त्री पुनले ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका