जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्वार कोषमा ५१ लाख हस्तान्तरण

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्वार कोषमा ५१ लाख हस्तान्तरण

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा गएको भिषण बाढी पहिरोमा ठूलो धनजनको क्षति भएकोमा राहत तथा पुननिर्माणमा सहयोग गर्न कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको कम्पनीले जनाएको छ । बीमा क्षेत्रबाट सबैभन्दा धेरै ५१ लाख रुपैयाँ सहयोग गरेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले उदाहरणीय कार्य गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री के.पी.शर्मा ओलीले जनतालाई राहत प्रदान गर्न सहयोगको लागि धन्यवाद दिनुभएको कम्पनीले जनाएको छ । समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सञ्चालक सुमित केडिया र हसना शर्मा, प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदावार तथा कम्पनी सचिव सुदर्शन आचार्यको उपस्थिति रहेको थियो ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका