जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई  निरन्तरता दिदैँ एभरेष्ट बैंकले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गतेका दिन सम्पन्न भएको कार्यक्रममा किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  हाल बैंकको ७ ओटै प्रदेश गरी  १०० शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।

6415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?