जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने

मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने

काठमाडौंमा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत अनलाइन बुक गरेर  यो सेवा लिन सकिन्छ। काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले मेट्रो अनलाइन ट्याक्सी सेवा बुधबारबाट सुरु गरिएको  कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध  छ । मेट्रो ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश रहेको जानकारी दिँदै  कम्पनीले चालकलाइ तालिम समेत दिइसकेको बताएको छ।

तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने  कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले बताए। उनले तालिम मासिक रुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए ।

मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको दाबी गरिएको छ।

आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिन भनिएको छ। ट्याक्सी स्ट्याण्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनेछन् ।

मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरुलाई कम्पनीको निश्चित मापदण्डअनुसार निशुल्क ट्याक्सी बीमा गर्दै आएको कम्पनीले जनाएको छ। 

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?