जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

नेपालभर ११ लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ १०० स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा खोलेको छ ।
एभरेष्ट बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । यसै सन्र्दभमा धादिङको धुनिबेसि नगरपालिका धार्केमा १०१ औं शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो । हाइवेसंगै रहेको यस शाखामा एटिएम सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले बिस्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

9515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका