जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सहकारीपीडितको रकम भुक्तानीबारे सरकारले गर्याे छलफल

सहकारीपीडितको रकम भुक्तानीबारे सरकारले गर्याे छलफल

सरकारले सहकारीपीडितको रकम भुक्तानी कसरी दिने भन्नेबारेमा मन्त्रिपरिषद् बैठकमा छलफल गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पीडितलाई कसरी रकम फिर्ता गर्ने भन्ने बारेमा छलफल भएको हो ।

बैठकमा १ लाखभन्दा कम रकम पाउन बाँकी हुनेलाई रकम दिलाउनुपर्ने कुरा उठे पनि ठोस निर्णय भने हुन सकेन । उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘आजको बैठकमा छलफल भए पनि ठोस निर्णय हुन सकेन । तर, हामीले वाचापत्रमा उल्लेख गरेअनुसार सहकारीपीडितको रकम फिर्ता गर्ने सवालमा संवेदनशील छौँ।’

रास्वपाले सहकारीपीडितको रकम १ सय दिनभित्र फिर्ता गर्ने वाचापत्रमा उल्लेख गरेको छ ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?