जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कुमारी क्यापिटल बन्यो सिंगटी हाईड्रोको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक

कुमारी क्यापिटल बन्यो सिंगटी हाईड्रोको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता—पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला का. म. न. पा. वडा नं. ५, काठमाण्डौंमा रहेको छ ।

कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविद्युत आयोजना २५ मे.वा. क्षमताको आयोजना २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीबाट प्राप्त जानकारीअनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ ।

हकप्रद शेयर जारीबाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.लि.बाट प्रवद्र्धित सभा खोला “बी” (२१.५ मे.वा.) र सभा खोला “सि” (६.३ मे.वा.)मा ५१ प्रतिशत र ह्याविट्याट पावर कम्पनी प्रा.लि.बाट प्रबद्र्धित हेवा ए साना जलविद्युत आयोजना(७.५ मे.वा.)मा ५१ प्रतिशत लगानी गर्नेछ ।

975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका