जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कृषि विकास बैंक कीर्तिपुर र नगरपालिका बिच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता

कृषि विकास बैंक कीर्तिपुर र नगरपालिका बिच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक लिमिटेड मार्फत गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले हस्ताक्षर गरेका हुन् ।

देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिकाबिच बैंकिङ्ग कारोबार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने छ ।

उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख रमेश महर्जनले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको बताए ।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका