जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ब्याजदरका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

ब्याजदरका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वित्तीय क्षेत्रमा देखिएका समस्या र ब्याजदरका विषयमा आफूहरुले छलफल गरेको बताएका छन्।

काठमाण्डौमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले यसबारेमा जानकारी गराएका हुन्। ‘अहिले बैंकिङ सेक्टरमा देखिएका समस्या र ब्याजदरलाई लिएर उद्योगी–व्यवसायीहरुले उठाइरहेका मागका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छ’, उनले भने।

सेयर बजारको पछिल्लो अवस्थाबारे एमाले चिन्तित रहेको पनि ओलीले बताए। ‘सेयर बजारमा पछिल्लो समय समस्या देखिएको छ’, उनले भने, ‘समस्या समाधानका लागि सरकार र नियामकबाट पहल हुनुपर्छ। अन्यथा सेयर बजार रहन्छ कि रहन्न भयो।’

अर्थतन्त्रको अवस्था नाजुक बनेको पनि ओलीले बताए। ‘हामीले सरकारको आलोचना गर्न खोजेको होइन तर अर्थतन्त्र नाजुक अवस्थामा छ’, उनले भने, ‘देशमार रोजगारी छैन, युवाशक्ति विदेश पलायन भइरहेका छन्।’

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका