जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो

हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो

हिमालय एयरलाइन्सले दुबई उडान सुरु गरेको छ। कोरोना महामारीपछि  लामो समय रोकिएको दुबई उडान अब  साताको तीन पटक हुने एयरलाइन्सले जनाएको छ।

यूएईले कोभिड १९ को सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएसँगै हिमालय एयरलाइन्सले  काठमाडौं-दुबई-काठमाडौं उडान फेरि सुरु गर्न लागेको हो।

एयरलाइन्सले काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहीबार  दुबई उडान गर्नेछ भने दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्ने जनाएको छ।

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले लामो समयपछि हुन लागेको दुबई उडानका अवसरमा पहिलो तीन यात्रुलाई विशेष उपहार र बोर्डिङ पास दिएर बिदा गरे।

उडानको शुभारम्भ गर्दै उनले भने- ‘कोभिड महामारीका कारण रोकिएका उडानहरु फेरि सुरु गर्नु हाम्रो लागि पक्कै पनि चुनौतीपूर्ण छ। तर पनि हामीले यूएईसँग आफ्नो  संजाललाई फेरि पूर्ववत अवस्थामा अघि बढाउने तयार छौं। हामी यो संजाललाई पुनर्स्थापित गर्न पाउँदा उत्साहित छौं।’

एयरलाइन्सले दुबईस्थित हेल्लो हिमालय ट्राभल एण्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्ट नियुक्त गरेको पनि जनाएको छ।

5720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।