जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकले पोखरामा आक्रामक रुपमा सुरु गर्‍यो क्यूआर कोड, एकै पटक तीन स्थानमा सेवा

माछापुच्छ्रे बैंकले पोखरामा आक्रामक रुपमा सुरु गर्‍यो क्यूआर कोड, एकै पटक तीन स्थानमा सेवा

माछापुच्छ्रे बैंकले पोखरामा आक्रामक रुपमा क्यूआर कोड सेवा विस्तार गरेको छ। बैंकले पोखराको हङकङ बजार, पोखरेली ट्याक्सी सेवा र सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबार एकै पटक क्यूआर सेवा सुरु गरेको हो।

राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली र बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा सेवा शुभारम्भ गरे। कार्यक्रममा बैंकका संचालक विश्वप्रकाश गौतम र सिर्जना कार्की समेत उपस्थित थिए।

यो सेवासँगै ट्याक्सी चढ्ने यात्रुदेखि तरकारी तथा फलफूल किन्ने ग्राहकसम्मले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरेर भूक्तानी गर्न सक्नेछन्। राष्ट्र बैंकका सुर्खालीले अबको युग डिजिटलको युग भएको बताउँदै उपभोक्ताले समेत नगद बोकेर हिड्नुपर्ने बाध्यता अन्त्य भएको बताए।

3870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका