जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • ज्योति लाइफमा साढे ११ लाखले दिए साढे दुई करोडभन्दा बढी सेयरको आवेदन

ज्योति लाइफमा साढे ११ लाखले दिए साढे दुई करोडभन्दा बढी सेयरको आवेदन

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको सेयरको प्राथमिक निष्काशन (आईपीओ) को तीन दिनमा साढे एघार लाखभन्दा बढीले आवेदन दिएका छन् ।

 

कम्पनीले फागुन २१ गते शुक्रबारबाट आईपीओ खुला गरेको थियो । आज तेस्रो दिन बेलुका पाँच बजेसम्ममा ११ लाख ५९ हजार ७०३ जनाबाट दुई करोड ५३ लाख ४६ हजार चार सय १० कित्ता सेयरका लागि आवेदन परेको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

ज्योती लाइफको कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात् ६६ करोढ रुपैयाँबराबरको कुल ६६ लाख कित्ता साधारण सेयर जारी भएको हो ।

सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि जारी सेयरको ५/५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ताका दरले छुट्याइएको छ । १०० रुपैयाँ अंकित दरका बाँकी ५९ लाख ४० हजार कित्ता सेयरमा अन्य सर्वसाधारणका लागि आवेदन खुलाइएको हो ।

सेयर भर्ने अन्तिम मिति फागुन २६ बुधबार दिउँसो ५ बजेसम्म रहेको छ ।

6625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका