जोडिनुहोस
आइतवार, अशोज १४, २०८०
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा उद्घाटन

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा उद्घाटन

ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारी द्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

साथै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा मा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ६, साखँु बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडा न्ां ९, नयाबजार काठमाण्डौमा रहेको शाखा पनि औपचारीक उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्धारा गरेका थिए ।

चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठद्धारा उद्घाटन गरेका थिए ।

सो अबसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुदै बित्तिय साक्षरतामा समन्वय गर्न आग्रह गरे ।

बैंकमा कारोबार सुरक्षित छ र नियमनका सम्पुर्ण प्राबधानहरु पुरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिए । स्थानीय जनप्रतिनिधीहरुले पनी बैकहरुसंग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.६३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २१ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?