जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १ मा महालक्ष्मी लाइफको सम्पति शुद्धिकरण निवारण तालिम

प्रदेश १ मा महालक्ष्मी लाइफको सम्पति शुद्धिकरण निवारण तालिम

महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रदेश १ मा सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबार इटहरीको होटल गोर्खामा  तालिम सम्पन्न गरेको छ।

तालिममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको कम्पनीले जनाएको छ। अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी हुन्।

तालिमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

चैत्र महिनामा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका